दफा ३२
वित्तीय जानकारी इकाई प्रमुखको जिम्मेवारीबाट हटाउन सक्ने
बित्तीय जानकारी इकाईको प्रमुख उपर राष्ट्र बैङ्कको कर्मचारीको रूपमा विभागीय कारबाही सुरु भएमा वा निजले कुनै कारणवश वित्तीय जानकारी इकाईको प्रमुखको कामलाई निरन्तरता दिन नसक्ने जानकारी गराएमा वा अन्य कुनै मनासिब कारण भएमा गभर्नरले समन्वय समितिक्रो संयोजकलाई जानकारी गराई निजको पदावधि समाप्त (हुनुअगावै वित्तीय जानकारी इकाईको प्रमुखको जिम्मेवारीबाट “हटाउन सक्नेछ।